३८ दिनमा पासाङल्हामु मार्ग जोडियो
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा कटान गरेको मुख्य सडक ३८ दिनमा छिचोलिएको छ । तीन सातादेखिको निरन्तर नयां ट्रयाक खन्ने कार्य शुक्रवार सकिएसंगै पासाङल्हामु मार्ग जोडिएको छ । सो सडकमार्ग अन्र्तगत रहेको ढुंगे–बेत्रावती सडक बाढीले कटान गरेपछि दैनिक रुपमा स्काभेटरलगायतका हेभि इक्युपमेण्टमार्फत बाढीले कटान गरेको स्थानमा नयां ट्रयाक खन्ने कार्य सकिएसंगै ढुंगे–वेत्रावति आवागमन सुचारु भएको छ ।

बिदुर नगरपालिका १० स्थित वेत्रावतिमा झण्डै दुई किलोमिटर लामो नयां ट्रयाक खनिएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । उनका अनुसार दैनिक १० थान स्काभेटरमार्फत वेत्रावति सातविसेमा नयां ट्रयाक खन्ने कार्य गरिएको हो । अव उक्त सडकमार्ग अन्र्तगत वेत्रावतिस्थित फलाखु खोलामा बाढीले वेलिव्रिज निर्माणको कार्य सुरु भएको छ । ट्रिपरमा ल्याइएका वेलिव्रिजका सामानहरु निर्माणस्थलमा झार्ने कार्य गरिएको छ ।

२१ गते वुधवारदेखि सेनाले उक्त वेलिव्रिजको निर्माण कार्य सुरु गर्ने वडाध्यष नेपालले वताए । उक्त वेलिव्रिज निर्माणपछि नुवाकोट र रसुवाको यातायात सम्पर्क जोडिने वडाध्यक्ष नेपालले वताए । बेत्रावतीमा निर्माण गरिने वेलिव्रिजको दुवैतर्फ किनारामा आवस्यक बेस ढलान गर्ने कार्य सम्पन्न भएको छ । बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्रीसमेत निर्माणस्थलमा आइपुगेको स्थानीय युवा दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वेत्रावतिमा यहि असोज २१ गतेदेखि बेलिब्रिज जडान गर्ने कार्य सुरु गरिने सेनाले जानकार िदिएको छ । यस कार्यले पूर्णता पाएसँगै नुवाकोट र रसुवाबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । सडक तथा पुल निर्माणमा खटिएका नेपाली सेना, सुरक्षाकर्मी, प्राविधिक टोली, अपरेटरहरू स्थानीयवासी तथा सहयोगी सम्पूर्णमा नुवाकोटवासलिे आभार व्यक्त गरेको वेत्रावतिका वाढी पीडित अष्टमान डंगोलले वताए । उनका अनुसार सबैको संयुक्त प्रयासले बेत्रावतीको सडक तथा यातायात सेवा छिट्टै सहज र नियमित हुने विश्वास लिइएको छ ।

प्रलयकारी बाढीले उक्त सडकखण्डको वीचमा रहेको वेत्रावतिमा दुई वटा पक्कि पुल वगाएको थियो । नुवाकोट–बेत्रावती–रसुवा सडकखण्ड पुनः सञ्चालनतर्फ तीव्र गतिमा अघि बढिरहेको बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए । यसअघि आवागमनमा समस्या भएपछि स्थानीयवासीले सुरक्षाकर्मीको साथ लिएर वेत्रावतिमा काठ, वांस र डोरीको फड्के निर्माण गरेका थिए । हाल मानिसहरु सोही फड्ेमार्फत नुवाकोट–रसुवा आवतजावत गरिरहेका छन् ।

बेत्रावतीमा फट्के निर्माण गरेपछि दुई सातादेखि पैदल यात्रुका लागि आवतजावत सहज भएको हो । नुवाकोटतर्फबाट बेत्रावतीसम्म आउने वैकल्पिक मार्ग पनि प्रयोगमा ल्याइएको छ । बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज निर्माण गरी सवारीसाधन आवतजावत सहज बनाउने तयारीका लागि शुक्रवार पांच थान ट्रिपरमार्फत बेलिब्रिजका सामान झारिएको स्थानीयवासीले वताए । नयां ट्रयाक खेलिएसंगै बाढीका कारण क्षतिग्रस्त बनेको ढुंगे–बेत्रावती सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

बाढीले सातविसे वेत्रावतिको उत्तरगया बोर्डिङ स्कुल नजिकै कटान गरेको र खसेको ठूलो पहिरो पन्छाउने कार्य दैनिक १० थान स्काभेटरमार्फत गरिएको थियो । हाल गेर्खुको शुभघाटमा स्काभेटरको सहायताले ट्रयाक खोल्ने काम युद्धस्तरमा निरन्तर जारी रहेको छ । नेपाली सेना र सडक विभागका उच्च प्राविधिक तथा दक्ष जनशक्तिले संयुक्त रूपमा उक्त काम गरिरहेको गल्छी–रसुवागढी सडक योजना कार्यालय बिदुरले जनाएको छ । यससंगै नुवाकोट–बेत्रावती–रसुवा सडकखण्डको पुनर्निर्माण तथा आवागमन सहज बनाउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।

बाढीबाट क्षतिग्रस्त गल्छी–ढुंगे–वेत्रावती सडकखण्डको नयां ट्रयाक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु गरिएको हो । नयां ट्रयाक खोल्ने कार्यसँगै बेलिब्रिजको फाउन्डेसन निर्माण पनि अघि बढाइएको थियो । हाल दुवैतर्फको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ । नयां ट्रयाकमार्फत बेलिब्रिजका सामग्री निर्माणस्थलसम्म पु¥याउने काम तीव्र गतिमा भइरहेको छ ।

बेलिब्रिज जडान सम्पन्न भएसँगै बाढीका कारण टुटेको रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिने सडक डिभिजन नुवाकोटले जनाएको छ । पहाडि नुवाकोट र हिमाली रसुवा जोड्ने फलाखुखोलामा बेलिब्रिज निर्माणका लागि सामग्री शुक्रवारदेखि आउन सुरु गरेको हो । त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–ढुंगे–वेत्रावति–स्याफ्रुवेशी–रसुवागढी जोड्ने फलाखुखोलामा बेलिब्रिज राख्नका लागि आवश्यक पर्ने निर्माण सामग्रीहरू ढुवानी सुरु भएस.गै नुवाकोट र रसुवावासी निकै खुसी भएका छन् । विनासकारी बाढीेले पुलमा क्षति पु¥याएपछि उक्त स्थानमा ३८ दिनदेखि यातायत अवरुद्ध रहेको छ ।














































