नुवाकोटको इतिहास लोकर्पित
बिदुर – नुवाकोटको इतिहास समेटिएको पुस्तक ‘ऐतिहासिक नुवाकोट भाग–१’ लोकार्पण भएको छ । उक्त पुस्तक १६ खण्डमा प्रकाशित भएको छ । नुवाकोटका युवा शिक्षक रामहरि आचार्यद्वारा लिखित पुस्तक ‘ऐतिहासिक नुवाकोट (भाग–१)’ विशेष कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । भैरवी मावि र नुवाकोट युवा क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलगायतले उक्त पुस्तक लोकार्पण गरे ।

उनले नुवाकोट र यसको इतिहास वुझन चाहनेहरुका लागि पुस्तक निकै उपयोगी रहेको वताए । सोही कार्यक्रममा उपमेयर प्रभा बोगटी, विदुर नपा–२ का वडाध्यक्ष दीपक कायस्थ, पर्यटन व्यवसायी सुमन पाण्डे, इतिहासविद् डा. राजन खतिवडा, डा. विष्णुप्रसाद दाहाल, इतिहास तथा संस्कृतिका खोजकर्ता नारायण नेपाल र भरत महर्जन, भैरवी माविका अध्यक्ष श्यामराज पाण्डेलगायतको सहभागिता रहेको थियो । नुवाकोटको इतिहास बुझ्न उपयोगी कृति १६ खण्डमा प्रकाशित छ ।

पुस्तक शृङ्खलाअन्तर्गतको ‘ऐतिहासिक नुवाकोट भाग–१’ नुवाकोटको इतिहास, संस्कृति तथा ऐतिहासिक विषयवस्तुलाई नजिकबाट अध्ययन र बुझ्न चाहनेहरूका लागि उपयोगी कृति रहेको छ । स्थानीय इतिहासको संरक्षण, अध्ययन र नयाँ पुस्तामाझ ऐतिहासिक ज्ञान हस्तान्तरण गर्नसमेत यस पुस्तकले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसका केही खण्डलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न सकिने सम्भावनासमेत रहेको छ ।
















































