मोतिदानको मनपरी विरुद्द यस्तो आदेश, तिर्नुपर्ने भयो ७३ लाख जरिवना

लोकखबर
११ श्रावण २०७६, शनिबार १७:५७

मकवानपुर । सम्झौता भन्दा बढी नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी आर्थिक कुम्याउने मोतिदान कन्सट्रक्सन प्रालिले ७३ लाख १३ हजार रुपैयाँ जरिवना तिर्नैपर्ने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले गत असार ५ गते मकवानपुरले मोतिदान कन्ट्रक्सनलाई सम्झौता भन्दा बढी नदि जन्य पदार्थ उत्खनन् गरेको जरिवना सहित सम्झौता बढी उत्खनन् गरेको नदी जन्य पदार्थ समेत जफत गर्ने निर्णय गरेको थियो ।

समन्वय समितिको निर्णयका विरुद्धमा कम्पनीले उच्च अदालत हेटौंडा ईजलासमा रकम तिर्न नपर्ने माग राख्दै जाहेरी दिएको थियो । जाहेरी उपर बिहीबार बसेको संयुक्त ईजलासले अन्तिरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको हो ।

उच्च अदालत पाटन हेटौंडा ईजलासका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त ईजलासले मोतिदान कन्ट्रक्सनले माग गरे बमोजिमको अन्तरिम आदेश जारी गर्न नपर्ने आदश गरेपछि कम्पनीले जिससले दाबी गरेको जरिवाना रकम मोतिदानले तिर्नुपर्ने भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको स्थानीय अनुगमन समितिले बढी उत्खनन गरेको भन्दै गत जेठ १५ गते जिल्ला समन्वय समितिलाई प्रतिवेदन सहित लेखेको पत्रका आधारमा तथा समितिले आफैं समेत अनुगमन गर्दा बढी उत्खनन् गरेको पाइएपछि जिसस मोतिदानलाई कारवाही गर्नुपर्ने निर्णयमा पुगेको थियो ।

हेटौंडा उपमहानगरपालिकाको स्थानीय अनुगमन समितिले तयार पारेको अनुगमन प्रतिवेदनमा २० हजार ६ सय ४८ घनमिटर नदीजन्य स्रोतको बढी उत्खनन भएको भेटिएको थियो ।
सम्झौता एउटा गर्ने आर्थिक लाभ लिन सम्झौता विपरितका कार्य गर्ने मोतिदानको मनपरीलाई अदालतको आदेशले झड्का लागेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*