मन्त्री जमरकट्टेलले दिए यस्तो निर्देशन

रिपेश दाहाल
७ आश्विन २०७६, मंगलवार २०:३१

मकवानपुर । प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश ३ सरकारसंग अलमल गरेर बस्ने समय नभएको बताएका छन् ।

प्रदेश सरकारको आर्थिक अनुदानमा निर्मित प्रदेश ३ का ४८ वटा प्रहरी चौकीका निर्माणाधिन भवनहरु मध्ये मकवानपुरका नवनिर्मित प्रहरीचौकी भवनहरुको अनुगमन गर्दै मन्त्री जम्कट्टेलले कतिपय ठेकेदारहरुका कारण काम अवरुद्द हुने गरेको बताउदै तोकिएको समय सिमा भित्र कुनै पनि हालतमा काम सम्पन्न गर्न निर्देशन दिए । समस्याहरु आए समाधान गर्न लाग्ने भन्दै उनले टहरोमा बसेर नागरिकहरुको सेवा गर्ने प्रहरी कर्मचारीहरुको दुख देखेर नै प्रदेश सरकारले प्रहरी चौकी भवन निर्माण गर्ने निर्णय गरेको बताए । उहाँले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुको रकम रोक्का गर्ने तथा आगामी योजनाहरुमा सहभागी नगराउने बताए ।

मन्त्री जमरकट्टेलले आज मकवानपुरको बकैया गाउँपालिका,हात्तीसुडे स्थित २ करोड ५ लाख लगानीमा निर्माणाधीन प्रहरी चौकी भवन, हेटौंडा १५ स्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको ४ करोड ३९ लाखको लागतमा निर्माणधिन महिला तथा पुरुष प्रहरी ब्यारेक भवन, ३ करोड ४६ लाख को लागतमा निर्माणाधिन हेटौंडा ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन र भीमफेदी कारागारमा ४० लाखको लगानीमा निर्माणाधिन महिला बन्दी गृहको अनुगमनपछि मन्त्री जमरकट्टेलले काम गराई सन्तोष जनक नभएको बताए ।

उनले प्रदेश ३ सरकारको गति अनुसार काम गर्न निर्माण कम्पनीहरु, सरकारी इन्जीनियर तथा प्रहरी चौकी भवन निर्माणको जिम्मा लिएका प्रदेश ३ का प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*