महिला जागृति सहकारीको अधिवेशन,अध्यक्षमा पुन : मगर

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ मा रहेको महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको आज साधारणसभा तथा अधिवेशन भएको छ ।
सहकारीका अध्यक्ष रिताकुमारी मगरको अध्यक्षता तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती राना, भीमफेदी ५ का वडा अध्यक्ष जहारसिं लामा, जिल्ला बचत संघका कोषाध्यक्ष विजयबहादुर बस्नेत, रेडक्रस उप सभापति रन्जित राना, रेडक्रसका उपमन्त्री सानु थापा, महिला अभियान बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रमिला अधिकारी,महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामा, चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष शान्ता वि.क., भीमफेदी साना किसान कृषि सहकारीका अध्यक्ष सरिता परियार लगायतको आतिथ्यता थियो ।
साधारणसभामा सहकारीका सात सय जना सदस्यको सहभागिता रहेको जनाइएको छ । उत्कृष्ट तीन जना बचतकर्ता अम्बिका शिकारी, पुनम बानिया र पवित्रा पुडासैनीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
यस्तै, असल कारोबारी मन्जु थापा मगर, महन्ती लामा र भीमकुमारी रैलालाई प्रसंशा पत्र दिइएको छ । यस्तै, उत्कृष्ट खुत्रुके बचतकर्ताहरु आशिषकुमार भण्डारी, सुमिना राई र जेनिषा पुडासैनीलाई प्रशंसापत्र दिइएको छ भने उत्कृष्ट शेयर खरिदकर्ताहरु कुमारीकृष्णा मानन्धर र भुवनदेवी श्रेष्ठलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।
साधारणसभाका अवसरमा एसइईमा उत्कृष्ट हुने दुई जना विद्यार्थी अन्जली लामा र समृद्घि थापालाई नगद पाँच हजार रुपिया सहित प्रसंशापत्र प्रदान गरिएको छ । साधारणसभा संस्थाकी सचिव निर्मलाकुमारी थापाले संचालन गरेकी हुन् भने व्यवस्थापक कोपिला थापाले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।
सहकारीको हाल कुल कारोबार एघार करोड ३१ लाख २३ हजार ४ सय ९५ रहेको कार्यक्रमको अवसरमा जानकारी दिइएको छ । यस्तै, आगामी वर्ष चौध करोड २१ लाख ४६ हजार ६ सय २५ रुप्रया कारोबार गर्ने लक्ष्य लिइएको जनाइएको छ ।
साधारणसभा तथा अधिवेशनले सहकारीको अध्यक्षमा पुन : रिताकुमारी मगरको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।