बकैयामा विभिन्न पार्टी परित्याग गरी ९२ जना नेकपामा

लोकखबर
२९ कार्तिक २०७६, शुक्रबार २०:२३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् ।
नेकपा बकैया गाउँकमिटीले आयोजना गरेको वडा नम्बर ७ को वडा कमिटी गठन, सपथग्रहण कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ९२ जना नेकपामा प्रवेश गरेका हुन् ।

गत स्थानीय निर्वाचनमा विभिन्न दलबाट वडा अध्यक्षदेखि सदस्यसम्मका उम्मेद्वारले आफू आबद्द पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् ।
राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार पवनसिङ गुरुङको नेतृत्वमा वडा सदस्यका उम्मेदवार रामकुमार तितुङ सहित ४२ जना नेकपामा प्रवेश गरेका हुन् भने नयाँ शक्ति पार्टीबाट वडा अध्यक्ष उम्मेदवार मदन लोप्चनको नेतृत्वमा २० जना र नेपाली कांग्रेस वडा सह कोषाध्यक्ष रुपक ढुंगेल नेतृत्वमा ३० जना नेकपामा प्रवेश गरेका हुन् ।

पार्टीमा प्रवेश गर्नेलाई नेकपा केन्द्रीय सदस्य, मकवानपुर इन्चार्ज तथा सांसद विरोध खतिवडा, नेकपा केन्द्रीय सदस्य कुमारी मोक्तान लगाय नेकपाका जिल्ला तथा गाउँपालिका तहका नेताको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*