अपांगता दिवसका अवसरमा दीप प्रज्वलन

लोकखबर
१६ मंसिर २०७६, सोमबार २२:३२

मकवानपुर । मकवानपुरको हेटौंडाको बुद्दचोकमा आज(सोमबार) साँझ दीप प्रज्वलन गरिएको छ । भोलि डिसेम्बर ३, अन्तराष्ट्रिय अपांगता दिवस मकवानपुर लगायत देशैभर मनाउँने तयारी भइरहेको पूर्व सन्ध्यामा अपांगता भएकाको हितमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीको सहभागितामा दीप प्रज्वलन गरिएको हो ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा अपांग महासंघ प्रदेश ३ कमिटीको सहकार्यमा दीप प्रज्वलन गरिएको हो ।

यो पटकको अन्तराष्ट्रिय अपांगता दिवसको नारा ‘दिगो विकासको लक्ष्य, अपांगमैत्री भविष्य’ रहेको छ ।

दीप प्रज्वलन कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर यमुना कंडेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, मन्त्रालय महिला तथा बालबालिका महाशाखा प्रमुख इन्दिरा ओझा, महाशाखाका आठौं तहका अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, महासंघ प्रदेश अध्यक्ष अश्वीन लम्साल लगायतकाको उपस्थिती थियो ।
भोलि (मंगलबार) मकवानपुरको हेटौंडामा र्‍याली गरी २८ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाउँने तयारी छ । हेटौंडास्थित अपांग महासंघको कार्यालयबाट निस्किने र्‍याली बुद्धचोकमा आएर सभामा परिणत हुने जनाइएको छ । कार्यक्रम विहान ११ बजे हुने आयोजकले जनाएको छ । र्‍यालीमा सक्रिय सहभागी भई अपांगता भएकाको हकहितका पक्षमा आवाज बोलिदिन सरोकारवालाको आग्रह पनि छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*