अपांगता दिवस

मकवानपुरमा यसरी मनाइदै अपांगता दिवस

लोकखबर
१७ मंसिर २०७६, मंगलवार ०७:२०

मकवानपुर । आज डिसेम्बर ३, मकवानपुर लगायत देशैभर २८ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाइदैछ । दिवसको यो वर्षको नारा ‘दिगो विकासको लक्ष्य, अपांगमैत्री भविष्य’ रहेको छ ।

दिवसका अवसरमा आज (मंगलबार) ¥याली आयोजना हुदैछ । हेटौंडास्थित अपांग महासंघको कार्यालयबाट निस्किने र्‍याली बुद्धचोकमा आएर सभामा परिणत हुने जनाइएको छ । कार्यक्रम विहान ११ बजे हुने आयोजकले जनाएको छ । र्‍यालीमा सक्रिय सहभागी भई अपांगता भएकाको हकहितका पक्षमा आवाज बोलिदिन सरोकारवालाको आग्रह पनि छ ।

दिवसको पूर्वसन्ध्यामा हिजो हेटौंडाको बुद्दचोकमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा अपांगता भएकाको हितमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीको सहभागित थियो ।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा अपांग महासंघ प्रदेश ३ कमिटीको सहकार्यमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर यमुना कंडेल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, मन्त्रालय महिला तथा बालबालिका महाशाखा प्रमुख इन्दिरा ओझा, महाशाखाका आठौं तहका अधिकृत चन्द्रकुमारी व्यञ्जनकार, महासंघ प्रदेश अध्यक्ष अश्वीन लम्साल लगायतकाको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*