सिमोनको उपचारका लागि मनकारीसंग याचना

लोकखबर
२३ मंसिर २०७६, सोमबार ०९:५२

मकवानपुर । मकवानपुरको थाहानगरपालिका बज्रबाराहीका दुवै मृगौला पिडित सिमोन गोपालीको उपचारको लागि परिवारले सहयोगको लागि अपील गरेका छन् ।
थाहा नगरपालिका वडा नम्बर १ कुञ्छालका राज गोपालीले भाईको उपचारको लागि सहयोगको याचना गरेका हुन् ।

गोपालीको उपचारको लागि २५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अस्पतालले जनाएको छ । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकोले सो बराबरको रकम जोहो गर्न सक्ने अवस्थामा परिवार छैनन् ।

आफूहरुले अहिलेसम्म हामीले २० लाख उपचारमा खर्च गरिसकेकाले अब जुटाउन नसक्ने भएकाले समस्या भएको सिमोनका दाजु राज गोपालीले दुखेसो पोखे ।
उपचारमा भर्ना बाहेक थप २० देखि २५ लाख रुपैयाँसम्म आवश्यक पर्ने हुनाले सो बराबरको रकम जम्मा गर्न अस्पतालले भनेको छ ।

गोपालीको उपचारका लागि सकेको सहयोग गर्न मनकारी दातालाई याचना गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*