विकास

दैलेखमा यसरी हुदैछ पेट्रोलियम पदार्थ अन्वेषण धमाधम

लोकखबर
२३ पुष २०७६, बुधबार २१:२१

मकवानपुर । नेपालमा पेट्रोलियम अन्वेषण हुनु खुशीको कुरा हो । यही खुशीको खबर छ दैलेखको । दैलेखमा चिनिया टोलीले गत कात्तिकदेखि पेट्रोलियम पदार्थको अन्वेषण गरिरहेको छ ।

टोलीले पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको साईस्मिक सर्भेमा पर्ने १० वटा लाइनमध्ये तीनवटा लाइनको काम पूरा गरेको जनाईको छ ।
खानी तथा भूर्गभ विभावका भूर्गभविद् डा. गणेशनाथ त्रिपाठीले साइस्मिक सर्भेअन्तर्गतका १० वटा लाइनमध्ये तीनवटा लाइनको काम सम्पन्न भएको बताए ।

अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर(दक्षिण दिशामा खनिएका १० वटा साइस्मिक सर्भे लाइनमध्ये उत्तर दक्षिण दिशामा खनिएका तीनवटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भे सम्पन्न गरेको हो । बाँकी सातवटा लाइनको काम लगातार भइरहेकाले बाँकी काम पनि फागुनको पहिलो हप्तासम्म सक्ने तयारीका साथ चिनियाँ टोलीले काम गरी रहेको हो ।

मुख्य गरी दैलेखको शिरिईस्थान पादुका नाबिस्थानलगायतका क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषण गरिँदै छ । अन्वेषण २ सय किलोमिटर लाइन सर्भेका लागि ४ सय वर्गकिलो मिटर भूभाग समेटेर सर्भे गरिरहेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*