राजधानी हेटौंडा कायम गरेकोमा कांग्रेसको स्वागत

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले प्रदेशको राजधानी हेटौंडा तथा नाम बागमती पारित गरेकोमा स्वागत गरेको छ ।
आइतबार(आज) पार्टी कार्यबाहक सभापति विष्णु लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी तोकेको राजधानी स्थायी कायम गरिएकोमा प्रदेशसभा सांसदलाई धन्यवाद पनि दिएका छन् ।
साथै, पार्टी मकवानपुरका सभापति एवं नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाले राजधानीको लागि पेश गरेको बागमती नाममा सर्व सम्मत पारित गराउँन सांसदले भूमिका निर्वाह गरेकोमा पनि विज्ञप्तिमार्फत बधाई ज्ञापन गरिएको छ ।