धमाधम स्लाब ढलान हुन थालेपछि सिमलटार टोलबासी खुशी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११, सिमलटारमा स्ल्याब ढलान भएपछि स्थानीय खुसी भएका छन् ।
वर्षायामको बेलामा हिलोले हिड्न समस्या भइ रहेको अवस्थामा स्लाब निर्माण सुरु भएपछी गाउँमा खुसी छाएको हो ।
हेटौंडा ११ को थानाभर्र्याङ देखी सिमलटारचोक हुदै बुद्रचोकसम्म २८० मिटर लम्बाईको ६ मिटर बाटो स्ल्याब ढलान भएको स्थानीय पत्रकार तथा सिमलटार टोल विकास सस्थाका सदस्य जी न्यौपानेले जानकारी दिए ।
स्ल्याब ढलान हेटौंडा उपमहानगरपालिका ११ नं वडा कार्यालयको १३ लाख, उपमहानगरपालिकाले २ लाख र लगभग १० लाख बराबरको स्थानियको जनश्रमदान रहेको टोल विकास संस्थाका अध्यक्ष मधु कुमार थापामगरले जानकारी दिए । यही पुष २३ गतेदेखी सुरु भएको स्लाब ढलान कार्य यही महिनामा सम्पन्न गरिसक्ने अध्यक्ष थापा मगरले जानकारी दिए ।