टि ट्वान्टी क्रिकेट कपमा सेमीफाइनलका दुई खेल

मकवानपुर । मकवानपुरको हेटौंडामा जारी छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) सेमीफाइनल चरणका दुई वटा खेल हुदैछन् ।
विहान हुने पहिलो खेलमा चितवन क्रिकेट क्लब र कलैया क्रिकेट क्लव भिड्नेछन् । दिउशो हुने अर्को खेलमा वीरगंज युनाइटेड क्रिकेट क्लब र महावीर क्रिकेट क्लब बिच प्रतिष्पर्धा हुने आयोजक मकवानपुर क्रिकेट क्लवले जानकारी दिएको छ ।
प्रतियोगिता अन्तर्गत हिजोको दुवै खलमा चितवन विजयी भएको थियो । प्रतियोगिताका फाइनल खेल माघ ५ गते हुनेछ ।
हेटौडा एकेडेमीको प्रायोजनमा हुप्रचौरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार र द्वितीय हुने टिमले २० हजार नगद सहित शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।