हेटौंडामा आजदेखि संस्थागत विद्यालय स्तरीय शिक्षक भलिबल

मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबार (आज) बाट संस्थागत विद्यालय स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) मकवानपुरको आयोजनामा शुक्रबार (आज) बाट सुरु हुने प्रतियोगिता दुई दिनसम्म सन्चालन हुने आयोजक इस्टु मकवानपुर खेलकुद विकास संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
इस्टुको १६ औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगितामा मकवानपुरका दश वटा संस्थागत विद्यालयले सहभागिता जनाएको उनले बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा नवोदय शिशु सदन अंग्रेजी विद्यालय र सत्यम जेभियर्सका बिच हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले दश हजार रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र पाउँनेछ भने दोस्रो हुनेले पाँच हजार रुपैंया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै, सान्त्वनामा दुई वटा विद्यालयलाई नगद दुई हजार रुपैंया सहित मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।