बागमती प्रदेशमा प्रदेश दुग्ध विकास बोर्ड ऐन पारित

मुख्यमन्त्रीले दिएको रात्रीभोजबारे संसदमा उठ्यो प्रश्न
लोकखबर
१७ माघ २०७६, शुक्रबार १८:४६

मकवानपुर । आज (शुक्रबार) बसेको बागमती प्रदेशसभा बैठकले प्रदेश दुग्ध विकास बोर्ड २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ लाई पारित गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदेशसभामा सो विधेयक पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा मन्त्री लामाले छलफलमा सदस्यहरुले उठाएको जिज्ञासाहरुलाई जवाफ दिँदै प्रदेशभित्र दुग्धजन्य पदार्थको उत्पादनको लागि दुग्ध विकास बोर्ड ऐनको मातहतमा रही दुध उत्पादन गर्ने प्रशासकीय भवनको निर्माण, उपकरण खरिद गर्न र कृषकहरुलाई पशुपालनका लागि ऋण उपलब्ध गराउने कार्यप्रति प्रमाणित गर्न ऐनमा थप संशोधन गर्न आवश्यकता परेको बताए ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्न बनेको विधेयक २०७६ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव टेबुल गरेका थिए ।

प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
शुक्रबारको बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले विभिन्न सवाल उठाएका छन् ।

बैठकको शुन्य समयमा बोल्दै सांसद रजनी अमात्य, गणेश दुलाल, योगेन्द्रराज संग्रौलाले हेटौंडा–काठमाडौं सडकको अवस्था सुधार गर्न माग गरे ।

यस्तै, सांसद शोभा शाक्यले मुख्यमन्त्री डोरमणी पौडेलले माघ १३ गते साँझ एभोकाडो होटलमा एउटा कामका लागि भनेर बोलाएर रात्रीभोज खुवाएर उपस्थितीमा हाजिरी गराएको बारे प्रश्न उठाइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*