कस्तो छ आजको मौसम ? घाम लाग्छ कि चिसो हुन्छ ?

लोकखबर
२३ माघ २०७६, बिहीबार ०७:४५

मकवानपुर । विहीबार (आज) को मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय छैन । हाल देशको पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ । विहीबार (आज) आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्हपछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पूर्वी र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।
भोलि (शुक्रबार) देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरेको छ ।
देशको पश्चिमी भ-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार शुक्रबार राति देशका पश्चिमी भू-भाग लगायत मध्यका पहाडी भू-भागमा सामान्य बदली रही बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।
देशको पश्चिमी भू-भागका थोरै स्थान साथै मध्यका एक-दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*