हेटौँडामा बजाज शोरुम उद्घाटन

लोकखबर
२८ माघ २०७६, मंगलवार १६:२५

मकवानपुर । मकवानपुरको हेटौँडामा बजाज मोटरसाइकलको अत्याधुनिक स्तरको शोरुम उद्घाटन गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यु गोल्छा लगायतले संयुक्तरुपमा शोरुमको उद्घाटन गरेका हुन् । बजाजको आधिकारिक बिक्रेताको रुपमा रहेको होराईजन अटो प्रालिले १४ वर्षअघिदेखि सञ्चालन गर्दै आइरहेको शोरुमको संरचना परिवर्तन गरेर भव्य तथा अत्याधुनिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमबाट मोटरसाइकल बिक्री गर्ने मात्र नभई मर्मत सम्भार र स्पेयर पार्टसको सुविधा समेत प्रदान हुने प्रालिका सञ्चालक लालकाजी बज्रचार्यले बताए । उनले झण्डै १४ वर्षको व्यवसाय यात्रामा राती मात्र नभई सेवाग्राहीको घरघरमा पुगेर समेत सेवा प्रदान गरेको बताए । सो कार्यलाई आगामी दिनहरुमा समेत गरिने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयमा प्रमुख हरिविष्णु ढकाल, पत्रकार महासंघका पूर्व अध्यक्षद्धय राममणि दाहाल, भानुभक्त आचार्य, बजाजका चितवन, जितपुर लगायत डिलरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा शोरुममा कार्यरत दुई कर्मचारीलाई नगद सहित सम्मान गरिएको थिया । सम्मान हुनेमा १० वर्ष देखि कार्यरत आनन्द लामिछाने र ९ वर्ष देखि कार्यरत रविना श्रेष्ठ रहेका छन् । उनीहरुलाई एक महिनाको पारिश्रमिक बराबर रकम र सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*