रेडियो थाहाको वार्षिकोत्सव

पत्रकार र हेटौंडा भेट्रान्स भिड्दै

लोकखबर
४ फाल्गुन २०७६, आईतवार ०६:११

मकवानपुर । विन्दावासिनी मिडिया प्रा.लि.ले संचालन गरेको रेडियो थाहा सञ्चार ९९ दशमलव ६ मेगाहर्ज, हेटौंडाको बाह्रौं वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको चौथो दिन आइतबार (आज) पत्रकार तथा हेटौँडा भेट्रान्सबीच मैत्रीपूर्ण फुटबल हुदैछ । फुटबल विहान ८ बजेपछि हेटौंडाको लोकतान्त्रिक चौरमा हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन शनिबार(हिजो) ‘नेपाल भ्रमण वर्ष सफल पारौ, सालक संरक्षणमा भूमिका खेलौं’ भन्ने नाराका साथ साइकल र्‍याली गरिएको थियो ।

हेटौंडा ४ अजरअमर रोड रेडियो परिसरबाट सुरु भएको साइकल र्‍याली सालक पार्क चुच्चेखोलामा पुगेर समापन भएको थियो । साईकल र्‍यालीमा सहभागीहरुलाई सालक पार्क व्यवस्थापन समितीले स्वागत गरेको थियो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलालले सालकको संरक्षणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले सत्यतथ्य बुझेर मात्रै समाचार लेख्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । खुलालले रेडियो थाहा सञ्चारले समाचार प्रवाहसँगै सामाजिक कार्य पनि गर्दै आएको भन्दै धन्यवाद दिए ।

सालक पार्क व्यवस्थापन समितीका अध्यक्ष अर्जुन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा राईडर्स क्लवका अध्यक्ष विकास ताम्राकार , वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक ईश्वरीप्रसाद भण्डारी, रेडियोको स्टेशन म्यानेजर मणिराज गौत्तम लगायतको उपस्थिती थियो ।

वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार (भोलि) ५ गते सवारी दुर्घटना र उपचारको व्यवस्थापन विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, ६ गते रुपचन्द्र विष्ट र उहाँको व्यक्तित्वबारे अन्तरकृया,वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन ७ गते थाहा वर्ष सम्मान तथा वार्षिकोत्सव समापन कार्यक्रम हुने स्टेशन म्यानेजर गौतमले जानकारी दिए ।

वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बिहिबार ‘हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया’ भएको थियो भने दोस्रो दिन शुक्रबार रक्तदान आयोजना गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*