जापानको’डायमण्ड प्रिन्सेसु पानीजहाजबाट भारतले नेपालीको उद्धार गर्यो
मकवानपुर । कोरोना भाइरसका कारण जापानको समुद्री तटमा रहेको क्रुज शिपबाट भारतले एक सय १९ जना भारतीयसहित पाँच विदेशी नागरिकको उद्धार गरेको छ ।
एअर इण्डियाको विशेष विमानबाट सबै नागरिक बिहीबार बिहान नयाँ दिल्ली आइपुगेका हुन् । जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको हो ।
‘डायमण्ड प्रिन्सेस’ क्रुज शिपबाट भारतीयलाई निकाल्न मद्दत गरेको भन्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले जापानी अधिकारीहरुलाई धन्यवाद दिएका छन् ।
उनले ट्वीट गरेका छन्, ‘एअर इण्डियाको जहाज भर्खरै टोक्योबाट दिल्ली आइपुगेको छ । कोरोना भाइरसका कारण जापनको क्रुज शिपमा फसेका एक सय १९ भारतीय र श्रीलङ्का, नेपाल, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई ल्याइएको छ । एअर इण्डियालाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु ।’
उद्धार गरेर ल्याइएका सबैलाई थर्मल स्क्रिनिङपछि दिल्लीको छावलामा आईटीबीपी संगरोध सुविधा लगिनेछ ।
वुहानबाट फर्किनेहरुमा बङ्गलादेश, म्यानमार, मालदिभ्स, दक्षिण अफ्रिका अमेरिका र मेडागास्करका नागरिक पनि थिए ।उज्यालो डटकमबाट












































