मकवानपुरगढीमा जन्ती बस दुर्घटना ४ जनाको मृत्यु, घाइतेहरुको उपचार हुँदै

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार ०७:४७

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी–१ घट्टेपाखोबाट जन्ती लिएर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७, सुकौरा जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस शिखरकटेरीको गैरीभञ्ज्याङ मोडमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरगढी ७ सुकौराका २४ बर्षीय सुरज लो, वडा नम्बर ७ सुकौरा गेबडाँडाका २७ बर्षीय सोमबहादुर मोक्तान र ४० बर्षीय सोमबहादुर रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेको एक जना पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनको साथमा केही कागजपत्र नभएकाले पहिचान गर्न समस्या भएको हो ।

बसमा ५२ जना यात्रु सवार रहेको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भिर, २२ जनाको मध्यम र २६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये २८ जनाको हेटौंडा अस्पतालमा र बाँकीको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ भने ३ जनाको भरतपुरमा उपचार भइरहेका छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*