कोरोनाको आशंका गरिएका व्यक्ति टेकु अस्पतालबाट भागेर विराटनगर पुगे

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार १५:४२

मकवानपुर । कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन्।

बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो। तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीले जानकारी दिएको छ।

गत मंगलबार कोरियाबाट नेपाल फर्केका ती व्यक्ति बुधबार राती ८ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।सवास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*