नगर पास्टरद्धारा अग्रज पास्टरहरुलाई सम्मान

लोकखबर
२२ फाल्गुन २०७६, बिहीबार १६:०१

मकवानपुर । नगर पास्टर एशोसियशन हेटौँडाले अग्रज पास्टरहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी मकवानपुर जिल्ला इसाई समुदायको लागि पहिलेदेखि नै योगदान पुर्याउदै आउनुभएका ६ जना अग्रज पास्टरहरुलाई दोसल्ला ओडार सम्मान गरेको हो ।
सम्मान पत्र सहित सम्माति हुनेमा रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग, रेभरेन्ट पास्टर फुर बहादुर तितुङ्ग, रेभरेन्ट पास्टर सोनाम सिंह दोङ्ग, रेभरेन्ट पास्टर बाल कृष्ण राई, रेभरेन्ट भविकन प्रजा र रेभरेन्ट विष्णुराम प्रजा हुन् ।
सम्मानित हुने अग्रज पास्टरहरुलाई कार्यक्रमका प्रमुख अथिति राष्ट्रिय ख्रिष्ट्रियन महासंघका अध्यक्ष सिपि गहतराजले दोसल्ला ओडार सम्मान गर्नु भएको हो ।
त्यस्तै नेपालमा मण्डली विस्तारको अभियभानमा मिडिया तथा पत्रकारिताको माध्यमबाट ईसाईजगतको आवजलाई बाहिर ल्याउन सहियोग पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य तथा हजुरको खबर डटकमका संचालक रुपक कालिराजलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रमका सभाध्यक्ष पास्टर रुपेश राईले, मकवानपुर जिल्ला इसाई समुदाय देशकै नमुना इसाईं सुमुदाय बनाउनलाई हरतवरले लागि पर्ने बताउनुभएको छ । इसाई समुदायलाई प्रेरणा दिदैँ आजको कार्यक्रमका प्रमुख बक्ता पास्टर कुमार अब्राहामले इसाईहरुमा क्षमा दिनु आजको आवश्यक रहेको बताउनु भयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराज, रेभरेन्ट पास्टर मान बहादुर थिङ्ग, राष्ट्रिय ख्रिष्ट्रियन महासंघ मकवानपुरका अध्यक्ष रेभरेन्ट पास्टर मोम लामा, रेभरेन्ट पास्टर रामकृष्ण पन्त, रेभरेन्ट पास्टर दिशान डिसि, रेभरेन्ट पास्टर क्रिषिराम आर्चाय लगायतले मन्तव्य राख्नु भएको थियो ।
पास्टर निलकेतु लामाले शुरुको प्रार्थानाबाट शुरु भएको उक्त कार्यक्रमको संचालन मंगल देवलाले गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका अग्रज पास्टर, अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि,संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*