कोरोना भाइरसको त्रासका कारण गणेशमान बक्सिङ स्थगित
![](https://www.lokkhabar.com/wp-content/uploads/2020/03/boxing-game.jpg)
मकवानपुर । कोरोना भाइरसको संक्रमण विस्तारमा सावधानी अपनाउने प्रयासस्वरुप गणेशमान स्मृति बक्सिङ प्रतियोगिताका बाँकी खेलहरु स्थगित भएका छन्।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले बिहीबार कोरोना भाइरसको संक्रमण विस्तार हुने सम्भावनामा सावधानी अपनाउने प्रयासका लागि ठूलो जमघट हुने सबैखाले खेलकुद गतिविधि तत्कालका लागि रोक्न निर्देशन जारी गरेको थियो।
परिषदको निर्देशन आएपछि चैत १८ देखि २२ सम्म काठमाडौंमा हुने प्रतियोगितासहित त्यसका लागि हुन लागेको विभिन्न प्रदेशका छनोट प्रतियोगिता पनि तत्कालका लागि स्थगित भएका छन्।
स्वर्गीय गणेशमान सिंह फाउन्डेसनको खेलकुद विभागको आयोजनामा हुन लागेको प्रतियोगिताअन्तर्गत गण्डकी, प्रदेश पाँच, कर्णाली र सुदूर पश्चिम प्रदेशका छनोट तथा काठमाडौंमा हुने फाइनल चरणको प्रतियोगिता स्थगित भएका छन्।
फाउन्डेसनको खेलकुद विभागले परिषदको निर्देशनपछि शुक्रबार स्थगनको निर्णय गरेको प्रतियोगिताका प्रमूख एवं नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले नेपालन्युजलाई शुक्रबार जानकारी गराए।
गण्डकी प्रदेशको छनोट पोखरामा फागुन २९ देखि चैत १ सम्म, प्रदेश पाँच र कर्णाली प्रदेशको छनोट नेपालगञ्जमा चैत ४ देखि ६ तथा सुदूर पश्चिम प्रदेशको छनोट धनगढीमा चैत ८ देखि १० मा हुने तय थियो। नेपालन्युज डटकमबाट