एभरेष्ट बैंकका कर्मचारी राहत लिएर सिमलटार टोलमा

लोकखबर
२४ बैशाख २०७७, बुधबार १३:३०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, सिमलटारका अति विपन्न २५ परिवारलाई आज (बुधबार) राहत वितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण देश लक डाउन गरिएपछि दैनिक ज्यालामजदुरीका भरमा गुजारा गर्दै आएका नागरिकलाई समस्या परेको पाइपछि एभरेष्ट बैंक हेटौडा शाखामा कार्यरत कर्मचारीका तर्फबाट विभिन्न खाद्यान्न हस्तान्तरण गरिएको छ ।

बैंक हेटौडा शाखाका प्रमुख सगुन नेपालका अनुसार चामल,दाल,पिठो,नुन,तेल, साबुन सहयोग गरिएको हो ।

लामो समयदेखि लक डाउन गरिएपछि दैनिक गुजारा गर्न समस्या भोगिरहेका नागरिकलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीको उपस्थितीमा प्रति परिवार एक हजार पाँचसय रुपैया बराबरको राहत वितरण गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*