अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

लोकखबर
३ जेष्ठ २०७७, शनिबार ०६:५२

काठमाडौं । आगामी आर्थिक वर्षमा सरकारले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यक्रम रहेको जनाएकी हुन् ।

‘भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन संचालनमा आएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी वर्ष बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिस्तार गरिनेछ ।’

यसले पेट्रोलियम पदार्थको ढुवानीमा सहजता हुने र वातावरणीय प्रदुषण पनि न्यून हुने राष्ट्रपतिको विश्वास छ ।

त्यस्तै, आगामी आर्थिक वर्षमा नै भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने सरकारको योजना रहेको राष्ट्रपतिले जानकारी दिइन् ।
तीन जिल्लामा पेट्रोलियम पदार्थको नयाँ भण्डारण स्थल निर्माण गरिने भएको छ । ‘चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारणको निर्माण कार्य अगाडि बढाइनेछ,’राष्ट्रपतिले बताइन् ।

झापा र धनुषामा ग्यास बोटलिङ कार्य अगाडि बढाउने सरकारको योजना रहेको राष्ट्रपतिले जानकारी दिइन् । इकान्तिपुर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*