भीमफेदीमा सरोकारवालाबीच छलफल

लोकखबर
१८ असार २०७७, बिहीबार २१:१४

मकवानपुर । भीमफेदी गाउपालिका ईलाका प्रहरी कार्यालय भीमफेदीले गाउँपालिका स्तरिय स्थानीय जनप्रतिनिधि,वित्तिय संस्था,गाउँपालिका कर्मचारीबिच परिचय आदान प्रदान तथा दैवीप्रकोप नियन्त्रण पूर्व तयारी बिषयमा छलफल गरेको छ ।
कार्यक्रममा गाउपालिका अध्यक्ष हिदम लामाले भीमफेदीमा विगत बर्षदेखि प्रहरीको मनोबल खस्केको तथा जनतालाई प्रहरीप्रति विश्वास गुमेको अवस्थामा जनतालाई प्रहरी मनोबल उठने कार्य गरी विश्वास जित्न आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका कार्यकारी प्रमुख जीवन कुवंरले स्थानीय जनताको अपेक्षा शान्ति सुरक्षाको प्रत्याभूति महसुस गराउँदै वर्षामा हुने प्राकृतिक दैवी प्रकोप नियन्त्रण तथा सचेतना कार्यक्रम तयार गर्न अनुरोध गरे ।
छलफलमा भीमफेदी गाउपालिकामा हुने आपराधिक गतिविधि स्थल पहिचान र नियमित गस्ती अनुगमन र सामाजिक अपराध जुवा तास,मदिरा सेवन,लागुअ‍ौषध गाँजा सेवन जस्ता अड्डा स्थानमा खोज अनुसन्धानलाई तिव्र गर्न उपस्थित सैबैले अनुरोध गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*