कभर्ड हल निर्माणका लागि मदन भण्डारी स्पोर्ट्स एकेडेमीको सहयोग

८० प्रतिशत काम सकियो, ५० लाख लागत लाग्ने
लोकखबर
३ श्रावण २०७७, शनिबार १३:४६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, पिप्लेमा बक्सिङ्का अन्तराष्ट्रिय खेलाडी सुशील घिमीरेको अगुवाईमा निर्माण भइरहेको कभर्ड हलका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी जिल्ला कमिटि मकवानपुरमा आबद्द तथा शुभचिन्तक गरी संकलित ७७ हजार ७ सय ७७ हजार रुपैंया आज (शनिबार) हस्तान्तरण गरिएको हो । हेटौंडा उपमहानगरपालिका, स्पोर्ट्स एकेडेमी मातहतका कमिटी भीमफेदी, एकेडेमी मनहरी लगायतको पहलमा संकलित रकम कभर्ड हल निर्माणमा अगुवाई गरिरहेको पिप्ले युवा क्लवका अध्यक्ष घिमीरेलाई हस्तान्तरण गरिएको हो ।

आर्थिक हस्तान्तरण कार्यक्रममा एकेडेमीका जिल्ला अध्यक्ष निरजसिंह ठुकरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, एकेडेमी सल्लाहकार एवं नेकपा, हेटौंडा उपमहानगरपालिका ५ का इन्चार्ज सन्तोष पौडेल, पिप्ले युवा क्लवका सल्लाहकार अर्जुन ढकाल लगायतले मन्तव्य व्यक्त व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य इश्वर ढुंगाना, पार्टी नगर सदस्य विशाल महत, वडा कमिटिका सल्लाहकार रामबहादुर राई, नेकपा वडा नम्बर ५ का अध्यक्ष देवीप्रसाद गौतम, नेकपा वडा सचिव पदमबहादुर बजगाई, जनप्रतिनिधी ज्ञानबहादुर थापा र केशव श्रेष्ठ लगायतको उपस्थिती थियो ।

वडामा निर्माण भइरहेको कभर्ड हलका लागि आफूहरुले आर्थिक तथा भौतिक सबै रुपमा सहयोग गर्न तयार रहेको स्पोटर्स एकेडेमीका सल्लाहकार एवं नेकपा वडा इन्चार्ज सन्तोष पौडेलले बताए । कभर्ड हल निर्माण कार्यलाई गति दिनका लागि आगामी दिनमा पनि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको नेता पौडेलले बताए ।

पिप्लेमा नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर घिमिरे अहिले चन्दा संकलन गरेर कभर्डहल निर्माणमा जुटिरहेको अवस्थामा सहयोग प्राप्त भएको हो । आफ्नो खेलजीवनमा नेपालका लागि चार अन्तर्राष्ट्रिय पदक घिमिरेले श्रीलंका सम्पन्न दसौं सागमा रजत बक्सिङमा रजत पदक समेत जितेका थिए । सशस्त्र प्रहरीको एपिएफ क्लबबाट खेलेका उनले आफ्नो व्यावसायिक खेलजीवनपछि सात वर्ष वैदेशिक रोजगारीमा बिताएका थिए । घिमिरेले आफ्नै क्षेत्रमा योगदान गर्नका लागि अहिले कभर्ड हल निर्माणमा अगुवाई गरिरहेको बताए । उनले भने, ‘मैले त अगुवाई मात्र गरेको हुँ । मलाई सबै क्षेत्रका मनकारीको सहयोग चाहिएको छ । ’

हेटौंडा–५ पिप्लेस्थित बालज्योति माविको मैदानमा लक डाउनका बेलाको सदुपयोग गर्दै अहिले धमाधम कभर्ड हल निर्माण भइरहेको हो ।
कभर्ड हलमा बक्सिङका साथै कराँते, भलिबल, व्याडमिन्टन जस्ता खेलहरू खेल्न तथा प्रशिक्षण गर्न सकिने घिमीरेले बताए । तीस मिटर लम्बाई १० मिटर चौडाई क्षेत्रफल रहेको कभर्ड हलमा ३५० जना अट्ने क्षमता छ ।

करिब ५० लाख लागत अनुगमन गरिएको कभर्ड हल निर्माणका लागि हालसम्म हेटौंडा उपमहानगरपालिकाबाट करिब ७ लाख बराबरको जिन्सी सामान तथा विभिन्न मनकारी दाताबाट प्राप्त आर्थिक नगद गरी करिब ४० लाख लागत लागेको घिमीरेले बताए ।

कभर्ड हलको भुइ ढलन, वाल, प्लाष्टर, छाना लगायत गरी करिब ८० प्रतिशत काम सकिएर अहिले प्यारा फिट निर्माणको काम भइरहेको छ । हल निर्माणमा अगुवाई गरिरहेका घिमीरे यही साउनभित्र काम सक्ने लक्ष्य रहेको बताउँछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*