बन्ने भयो ‘प्रसाद २’

लोकखबर
६ श्रावण २०७७, मंगलवार १५:५५

काठमाडौं  फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । वि.सं. २०७५ मा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ मा दिनेश राउतको निर्देशन थियो ।

‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । खबरका अनुसार यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । दिनेशले समय दिन नसक्दा निर्देशनको जिम्मा सौरभलाई सुम्पिएको हो ।

फिल्मको कथा ‘प्रसाद’ लेखक सुशील पौडेलले नै तयार पारिरहेका छन् भने लगानी सुभाष थापाको रहने जनाइएको छ ।

फिल्ममा कलाकार को रहने भन्ने अझै तय नभएको जनाइएको छ । यद्यपि पुराना केही कलाकार दोहोरिने सम्भावना छ ।

यसअघि ‘प्रसाद’ मा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ शीर्ष भूमिकामा थिए । यो फिल्मलाई ‘प्रसाद’ को प्रिक्वेलका रुपमा तयार गरिने लेखक पौडेलले बताए ।

यसअघि रिलिजमा आएको ‘प्रसाद’ ले चर्चा कमाएको थियो । यद्यपि फिल्मको कथालाई लिएर विवादका साथै बहस पनि भएको थियो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*