कैलालीमा मात्रै ११ सय बढी संक्रमित, सुदूरपश्चिममा ४२ सय ५७ पुगे

लोकखबर
१५ श्रावण २०७७, बिहीबार ११:००

मकवानपुर । सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार २ सय ५७ पुगेको छ । हिजो ७४ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार २ सय ५७ पुगेको हो ।

हालसम्म दुई हजार नौ सय ७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै ११ सय १ जना छन् ।

यस्तै अछाममा ६६७, बैतडीमा ३०९, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा २९९ दार्चुलामा २१, डोटीमा ७१५ र कञ्‍चनपुरमा ५२२ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ३ हजार १ सय १८ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*