बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु

लोकखबर
२०७७ कार्तिक ३, सोमबार १०:२३

मकवानपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय वृद्धको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

पीसीआर परीक्षण गराउँदा दुई पटकसम्म पोजेटिभ रिपोर्ट आएका वृद्धको पूरानो केही समस्या थियो वा थिएन भन्ने केही खुलेको छैन ।

ती वृद्धको पहिलो पटक असोज १८ गते कोरोना पुष्टि भएको थियो । उनको दोस्रो पटक पीसीआर गराउँदा कात्तिक १ गते शनिबार पनि रिपोर्ट पोजेटिभ आएको डा. श्रेष्ठको भनाइ छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको