फरार प्रतिबादीहरु पक्राउ
बिदुर – फैसला कार्यान्वयनको क्रममा नुवाकोटमा फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कारवाहीका लागि जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको छ । नुवाकोट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट बिभिन्न मितिमा फैसला भई फरार रहेका विभिन्न आठ वटा मुद्दाका आठ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा वुधवार फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीको लागी नुवाकोट जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाई फैसला कार्यान्वयन गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । पक्राउ परेकाहरुमा राष्ट्रिय वनको काठ कटान बिक्री बितरण ओसारपोसार मुद्धाका नुवाकोटको बेलकोटगढी नगरपालिका १२ का प्रविन श्रेष्ठ, सोही मुद्धामा सोही स्थानका वसन्त श्रेष्ठ र सोही मुद्धामा सोही स्थानका डिल्लीराम सिलवाल रहेको डिएसपी हवारीले जानकारी दिए । उनका अनुसार तीनै जनालाई जनही
२० रुपैया जरिवानाको फैसला भएको थियो ।
पक्राउ परेकाहरुमा वन्यजन्तु मारेको सम्बन्धि मुद्धामा बेलकोटगढी नंपा १२ का मरिचमान लामालाई नगद चारसय रुपैया जरिवाना, चेकअनादर मुद्धामा बिदुर नपा १२ का राजकुमार देवकोटालाई नगद पांचसय रुपैया जरिवाना, झुट्टा बिवरण पेश गरी नागरिकता बनाएको कसुरमा म्यागङ गापा ६ की सानुमाया तामाङलाई १४ हजार एकसय रुपैया जरिवाना, अभद्रव्यवहार मुद्धामा किस्पाङ गापा १ का राजेन्द्र तामाङलाई तीनसय ७६ रुपैया जरिवाना र अभद्र व्यवहार मुद्धामा बिदुर नपा १ का बिनोद डंगोललाई तीनसय ८८ रुपैया जरिवाना गरिएको डिएसपि इकवाल हवारीले जानकारी दिए । नुवाकोट प्रहरीले फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान सन्चालन गरेको छ ।











































