अशक्तलाई घरमै पुगेर नागरिकता

– आवस्यक कार्यका लागि सहज
लोकखबर
२०८३ श्रावण २१, बिहीबार २३:३२

बिदुर – नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको तादी गाउँपालिका घर भएका एक जना शारिरीक अशक्तलई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । नागरिकता पाएसँगैको ति अशक्तलाई आवस्यक कार्यका लागि सहज भएको छ । तादी गाउँपालिका–५ निवासी शारीरिक रूपमा अपाङ्गता भएका सुधांशु राईलाई घरमै पुगेर नुवाकोटको इलाका प्रशासन कार्यालय सातबिसेको टोलीेले नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

शारिरीक रुपमा अशक्त सेवाग्राहीलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ घरदैलोमै पुगेर सेवा प्रदान गरिएको उक्त कार्यालयले जनाएको छ ।घरमै पुगेर सुधांशु राईलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरिएपछि उनी र उनका परिवारजन खुसी भएका छन् । यसबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारका सेवासुविधामा पहुँच बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।


सर्वाधिक रुचाइएको