मनहरीमा समाजवादी पार्टीको युवा संघ गठन, अध्यक्षमा पुरी

लोकखबर
२०७८ मंसिर २५, शनिबार २०:१५

मनहरी। नेकपा एकीकृत समाजवादी निकट युवाहरुको संगठन युवा संघ नेपाल मनहरी गाउँपालिका कमिटी गठन भएका छन्  । ८३ सदस्यीय कमिटीको नेतृत्व कृष्णचन्द्र पुरीले गरेका छन् ।

कमिटीको उपाध्यक्षमा नवराज थिङ, आशिष बुढाथोकी, मनोज खत्री रहनु भएको छ भने सचिवमा उमेश अधिकारी चयन भएका हुन् । संघको कोषाध्यक्षमा पूर्णबहादुर घलानलाई निर्विरोध चयन गरिएको युवा संघ नेपाल मनहरी गाउँपालिका कमिटीका सचिव अधिकारीले जानाएको हो ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एबम् बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक मुनु सिग्देलको प्रमुख आतिथ्यतामा मनहरी-९ ज्यामिरेस्थ्ति मोतीदेवी पार्कमा प्रथम सम्मेलन भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै सिग्देलले केपी ओलीको अराजकता, अहमता र घमण्डका कारण नेकपा एमाले बिलिन हुन लागेपछि कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा लैजान र गति प्रदान गर्नका लागि नेकपा एकीकृत समाजवादी गठन गरिएको बताए ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनलाई गति दिदैआएको माधवकुमार नेपालको नेतृत्वमा पुनः देशका कम्युनिष्ट धारलाई एकत्रित गराएर नयाँ बामशक्ति निर्माणमा आफूहरु लागेको उनको भनाई थियो । ‘कम्युनिष्ट पार्टीभित्र ज्यू हजुरी प्रथाको सुरुवात गरी केपी ओलीले बुर्जुश शैली अपनाउन थालेपछि इमान्दार एमालेजनले बिद्रोह गरेर नयाँ आन्दोलनमा समाहित भएका हौँ’, केन्द्रीय सदस्य सिग्देलका अनुसार–‘एमालेमा भ्रम फिँजाएर अझै केही कमरेडहरुलाई अल्झाइरहेको पाइएको छ, भ्रम सकिनासाथ उनिहरु समाजवादीमा आएहुन्छ ।’

उनले भने लोभीपापीहरु ओलीको भक्तिगान गाउँदै रमाउने सामान्य मतदाताहरुलाई सूर्य चिन्ह देखाएर एमालेले प्रभावित बनाइरहेको भन्दै एजेण्डा, व्यवहार, सिद्धान्त सबै हिसाबले एमाले सकिएकाले नयाँ कम्युनिष्ट आन्दोलनमा समाहित हुन आग्रह गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको