पानीको लागि आर्थिक सहयोग
– सोलार जडानका लागि रकम प्रदान
बिदुर – पिउने पानीका लागि नुवाकोटको खिनचेतका एक युवकले लाखौं रुपैया आर्थिक सहयोग गरेका छन् । उक्त रकम पिउने पानीको सोलार प्रविधिका लागि खर्च गरिने जनाइएको छ । विदुर नगरपालिका–९ घर भई हाल अस्ट्रेलियामा वसोवास गर्दै आएका मानबहादुर तामाङले खिन्चेत खानेपानी आयोजनामा सोलार प्रणाली जडानका लागि व्यक्तिगत रूपमा १० लाख रुपैया आर्थिक सहयोग गरेका हुन् ।

यसवाट पिउने पानीका लागि सहजता भएको जनाइएको छ । कार्यक्रमकावीच उक्त रकम हस्तान्तरण गरिएको छ । पिउनेपानीजस्तो अत्यावश्यक सेवाको सहजताका लागि तामाङद्वारा गरिएको सहयोग निकै महत्वपुर्ण रहेको जनाउंदै उनीप्रति सम्मान व्यक्त गरिएको छ ।













































