सद्देले वास्ता गरेनन् विरामिले बचाए गाईको ज्यान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-११ गोल्फीङ्टारस्थित रहेको मेनुका कृषी तथा पशुपन्छी फार्मका ९ वटा गाईहरु एकासी लड्न थालेपछि एका विहानै गाई पालक मेनुका ढकाल परिवारमा कोलाहाल नै मचियो । केही समय रुवाबासीनै चल्यो ।
भरखर९भरखर करिब ८ लाख रुपैयाँ खर्च गरेर गाईको गोठ बनाई एक लाख २० हजार गोटाको दरले गाई खरिद गरेर ल्याई गाई पाल्न सुरु गरेका ढकाल परिवार गाई पालनबाट जीवन यापन गर्न सहज हुने कुरामा ढुक्क थिए । ढुटो, पराल र घाँस जसो-तसो पुर्या एकै थिए ।
केही समयपछि ६ वटा गाई ब्याउने (बच्चा पाउने) भएपछि गाई खरिद गर्दा लागेको ऋण भुक्तानी गरिने कुराले ढकाल परिवारमा झनै खुःशीयालिको माहोलनै बनेको मेनुकाले बताइन् । उनले भनिन् हाम्रो देश नेपाल कृषी प्रधान हो । कृषी प्रधान देशमा पनि कृषीमा लगानि गरे लगानि खेर नजाने त्यस माथि पनि गाई पालेर दुधमा आत्मनिर्भर बनाउँने अभियान अन्तरगर्त नै गाई पालनमा लागेका हौँ ।’
ढकाल परिवार यति खेर आफ्नो लगानि डुब्ने हो कि भन्ने कुराको पिरलोमा छन् । विहानी डुटो खाएपछि एकासी लडेका गाईहरु बचाउनका लागि पशु प्राविधिक रन्जित खड्का, सुजन अधिकारी र श्रीचन्द्र अर्याल घटना स्थलमा तत्काल पुगि विरामी गाईहरुको उपचारमा खटे ।
र्गाहरुलाई उपचार पछि केहि सुधार आउने सम्भावना देखेपछि हेटौंडाको कर्रास्थित पशु अस्पतालका ध्रुब डिसिलाई फोन गरियो । डिसिले छिट्टै आउने वाचा गरे । तरर् एम्बुलेन्स’ लिएर डिसिको टोली मरेको गाईको नमुना संकलन गर्न मनहरी तर्फ हिडेको थाहा पाइयो । गाई पालक पुरुषोत्तम ढकालले गुनासो गरे ।
गम्भीर अवश्थालाई नियन्त्रर्ण गर्नका लागि अशक्त अवश्थामा हुँदा-हुँदै पनि घटना स्थलमा पशु प्राविधिक कुमार खड्का आफ्नो टोली सहित पुगेका थिए । र उनीसहित कमल अधिकारी, दुर्गा न्यौपाने र कृष्ण भट्टराई लगायतको अथक उपचार प्रयासपछि बिरामी गाईहरुमा सुधार आउन थालेको ढकालले बताए ।
आफु हिँड्न नसक्दा पनि विसम परिस्थितिमा केही राहत होस् किसानलाई भन्ने उदेश्यले मेनुका कृषी तथा पशु पन्छि फार्ममा आई विरामी गाईहरुको उपचार पछि केही सुधार भएको छ र्। फुड पोइजन’ को कारणले गर्दा गाईहरु विरामी भएको पशु प्राविधिक खड्काले बताए ।











































