काँग्रेस सभापतिका उम्मेदवारले पहिलो चरणमा कति मत पाए ?

लोकखबर
२०७८ मंसिर २८, मंगलवार १२:००

नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुनः दोस्रो चरणको चुनाव हुँदैछ ।

कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा चुनाव हुने व्यवस्था छ ।

मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दोस्रो चरणको चुनाव हुने भएको हो ।

सभापतिका लागि कुल ४६८१ मत खसेको थियो । मतपरिणाम अनुसार देउवाले २२५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे ।उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७२९ अरथात २६.९३ प्रतिशत मत पाएका छन् ।

बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३७१ अर्थात् ७।९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५।३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।

सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०।०४ प्रतिशत मात्र हो । देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेको छ । मतदानको समय तय भइसकेको त छैन तर आज मंगलबार नै मतदान हुने भनिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको