मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीन जना मन्त्री गरी पाँच जना थप्ने तयारी गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मंगलबार बेलुका ५ बजेसम्म मन्त्री नियुक्त गरी शपथ गराउने तयारी छ ।











































