अनेमा संघ (समाजवादी) को बागमती प्रदेश अध्यक्षमा सिग्देल

लोकखबर
२०७८ मंसिर २८, मंगलवार १६:१८

मकवानपुर । अखिल नेपाल महिला संघ (समाजवादी) को बाग्मती प्रदेश कमिटी अध्यक्षमा मकवानपुरकी मुनु सिग्देल चयन भएकी छिन् ।

संघको आज काठमाण्डौँमा बसेको बैठकले सिग्देलको अध्यक्षतामा १५१ सदसीय प्रदेश कमिटी घोषणा गरेको हो ।

घोषित प्रदेश कमिटीकोे उपाध्यक्षमा शान्ता पौडेल र कमला श्रेष्ठ, सचिवमा सङिता पाख्रिन, उपसचिवमा शान्ता पाख्रिन र कोषाध्यक्षमा पार्वती सिल्वाल छन् ।

अनेमसंघले सोमबार काठमाडौंमा बसेको बैठकमा कमिटीको सपथ ग्रहण गरिएको थियो । बैठकमा अनेमसंघ (समाजवादी) को अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्ष जयन्ती राईले सदस्यलाई सपथ गराउनुको साथै सम्बोधन गरेकी थिइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको