विरामि गाई अपडेटः किसानद्धारा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञय केन्द्र हेटौंडा घेराउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-११ गोल्फीङ्टारस्थित गाई पालक किसानहरुले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई घेराउ गरि दोसि अधिकृतहरुलाई स्पष्टिकरण लिई कारवाही गर्न र भएको खर्चको छति पुर्तीको माग गरेका छन् ।
मेनुका कृषी तथा पशु पन्छि फार्म (हेटौंडा-११ गोल्फीङ्गटार) को गाईहरु सिकिस्त विरामी हुँदा गाई उपचारमा नलागि अन्यत्र गएको भन्दै पशु विज्ञयहरु माथि आक्रोसित किसान खनिएका थिए । पिडित किसानहरुले पशु सेवा कार्यालय घेरी किसानहरुको पक्ष्यमा काम गर्न चिकिस्कहरुलाई सुझाएका थिए ।
गोल्फीङ्गटारको घटनामाथि काम कारबाही गर्न कार्यालय प्रमुख विदामा भएकाले र कसैलाई पनि कार्यवाहाक न तोकेपछि समस्या उत्पन्न हुँन गएको पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरले लोक खबरलाई बताए । हामिले सक्दो प्रयास गर्यकौँ । मैले आफ्नै खर्चले औषधीहरु मगाउँन लगाएँ । त्यसको भरपाई हुन्छ हुँदैन अधिकार नभएको भएता पनि मानवताका नाताले म त्यसो गर्न बाध्य भएँ, डा. ठाकुरको भनाई छ ।
दोसि अधिकृतहरुलाई स्पष्टिकरण लिई कारवाही गरिने
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत शुसिल के.सि. र पशु विकास अधिकृत डा.ध्रुब डिसिलाई आफ्नो मर्यादामा नरही आफु अनुकुल काम गरेको भन्दै पशु पन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडा, मकवानपुर कार्यालयले स्पष्टिकरण लिने भएको छ । गोल्फीङ्गटार गाई विरामी काण्डलाई लिएर भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडालाई पिडित किसानहरुले कार्यालय घेरेपछि पशु सेवा विज्ञ केन्द्र पुगेका पशु पन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडा, मकवानपुरका कार्यालय प्रमुख डा.रामप्रकाश प्रधानले निज अधिकृतहरुलाई स्पष्टिकरण लिई चित्त नबुझेमा विभागिय कारवाही गरिने बताए ।
कार्यालयका वरिष्ठ अधिकृत के.सि कार्यवाहक नै न दिई गएको शुक्रबारदेखि विदामा घर बसेका छन् भने अर्का अधिकृत डा.डि.सिले संवेदनशिल समयमा घटना स्थल नपुगि एउटा मृत्यु भएको गाईको नमुना संकलन गर्र्न एम्बुलेन्स’ लिई मनहरी गएका थिए । कार्यालयका एक अधिकृतले जानकारी दिए ।
यो पनि पढनु होला……
हेटौंडा ११ गोल्फीङ्गटारमा रहेको ५ वटा गाई तथा पशु पन्छी फार्म रहेका छन् । उक्त फार्महरुको एउटा छाता समूह गोल्फीङ्गटार गाई पालन समूह दर्ता गरि संगठीत रुपमा गाई तथा पशु पन्छी पाल्दै आएका छन् । समूहमा करिब एक सयवटा गाई, सातसय ब्रोइलर कुखुरा र सय भन्दा बढी बाख्राहरु रहेको समूहले जनाएको छ ।











































