नेपाली बजारमा आज सुनको मूल्य घट्यो

लोकखबर
२०७८ मंसिर २९, बुधबार १२:२४

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले घटेको हो । छापावाला सुन तोलाको ९२ हजार ३०० र तेजाबी सुन प्रति तोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको