मकवानपुरमा आज थप ५ जना संक्रमण पुष्टि

लोकखबर
२०७८ मंसिर २९, बुधबार १५:३९

मकवानपुर। मकवानपुरमा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २२ जनामा गरिएको पिसिआर परीक्षणमा थप ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा ४ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ ।

यसैगरि,आज जिल्लामा थप ८ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

जिल्लामा हाल ४३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ६७ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको