काँग्रेसको रुपान्तरण प्रक्रियामा सक्रिय हुन्छु-डा.शेखर कोइराला

लोकखबर
२०७८ पुष २, शुक्रबार १२:३८

काठमाडौं । नेपाली काँग्रेसका सभापतिमा पराजित भएका नेता डा.शेखर कोइरालाले काँग्रेसको रुपान्तरण प्रक्रियामा सक्रिय हुने बताएका छन् ।

डा। कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउन थप जिम्मेवारी आफ्नो काँधमा आएको बताएका हुन् ।

आफुले राजनीतिक लडाई जितेको बताउदै डा.कोइरालाले पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भएको बताएका छन् ।

उनले आम लोकतन्त्रवादीहरु बीच कांग्रेसप्रति आकर्षण बढाएको बताउदै आमरुपमा भरोसा र विश्वासको वृद्धि गराएको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको