नेकपा एस पार्टीको वडा नं.११ मा कमिटि गठन
मकवानपुर । नेकपा (एकिकृत समाजवादी) पार्टीको हेटौंडा उपमहामनगरपालिका वडा नम्बरको ११ को वडा कमिटि गठन गरिएको छ ।
शनिबार देवकुमार श्रष्ठेको अध्यक्षतामा भएको कार्यक्रममा २१ सदस्य वडा कमिटि चयन भएको हो ।
कमिटिको उपाध्यक्षमा बासुदेव उप्रेत्ति र सचिवमा शुक्रराज लामा चयन भएको थियो ।
यस्तै तारा कप्रौँलाको सभाध्यक्षतामा भएको कार्यक्रममा अनेमसंघको वडा कमिटि पनि चयन गरिएको छ ।
अध्यक्षमा विमला थापा, उपाध्यक्षमा तारा कप्रौला, सचिवमा समझना साफ्कोटा, कोषध्यक्ष्मा सोभा ढकाल चयन भएको हो । १७ सदस्य चयन गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री विरोध खतिवडाको प्रमुख आथित्यता रहेको थियो भने हेटौंडा उपनगरपालिकाकी उप प्रमुख मिनाकुमारी लामाको विशिष्ठ आथित्यता रहेको थियो । बागमती प्रदेश पार्टीका कमिटि सदस्य यादव गजुरेल, पार्टीका नगर अध्यक्ष ध्रुब भुजेल, नेता हिमप्रसाद पौडेल र माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य कमल चन्द्र सुमन लगायतले मन्त्वय व्यक्त गरेका थिए ।











































