हेटौंडाबाट विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्षदेखि १७ वर्षसम्मको विद्यार्थीहरुलाई कोरोना भाईरसविरुद्धको मोडर्ना खोप लगाउने कार्यक्रम सुरु भएको छ ।
आज हेटौंडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य कर्मीलाई उक्त खोप हस्तान्तरण गर्दै नेपालभर विद्यार्थीलाई खोप लगाउने कार्यक्रम सुरु गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले देशभर आजबाट विद्यार्थीलाई खोप लगाउने कार्यक्रम रहेको बताए । उनले विद्यार्थीहरुलाई सहज होस् भन्दै देशभर विद्यालयमै खोप लगाउने व्यवस्था मिलाए । उनले सम्पूर्ण विद्यार्थीहरुलाई खोप अनिर्वाय रहेको र सरकार संग खोप पर्याप्त भन्दै आफ्नो घर,परिवार,छिमेकीहरुलाई कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरे ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थय मन्त्री निमा लामा,जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख भरत मणी पाण्डे,स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय लगाएत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।











































