राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किंदैनः पुर्व अध्यक्ष थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुर्व अध्यक्ष कमल थापाले राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था नफर्किंने बताएका छन् ।
सामाजिक संजालमा लेख्दै थापाले दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलविरुद्ध घृणा फैलाएर राजसंस्था फर्किंन नसक्ने बताएका हुन् ।
उनले भनेका छन्ः राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ ।
राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले निर्मल निवासप्रति आक्रोश व्यक्त गर्दै आएका छन् । आफूलाई पार्टी अध्यक्षमा पराजित गर्न निर्मल निवासले भूमिका खेलेको उनको आरोप छ ।











































