अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश विकास गर्ने राजा महेन्द्रबाट पाठ सिकौंः कमल थापा

लोकखबर
२०७८ पुष ५, सोमबार १२:०६

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले दलहरूबीच जारी एमसीसी विवादले नेपाल विदेशी शक्तिको रणनीतिक रणभूमिमा परिणत हुँदै गरेको पछिल्लो उदाहरण भएको टिप्पणी गरेका छन्।

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका दलबीच नै मतभेद भइरहेका बेला थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत राजा महेन्द्रबाट कूटनीति सिक्न सुझाव दिएका हुन्।

उनले भनेका छन्ः नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै छ।ःऋऋ विवाद त्यसको पछिल्लो उदाहरण हो। शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कुटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको