कांग्रेस केन्द्रीय सदस्यमा प्रा.डा.पोखरेलसहित तीन जना इन, ६ आउट
काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनमा भएको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा तीन जना डाक्टर निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित तीन डाक्टरमा डा.शशांक कोइराला, प्रा.डा.गोविन्दराज पोखरेल र डा.रामशरण महत छन् । कोइरालाले पपुलर मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले ३८३६ मत ल्याएका हुन् ।
३५ सदस्यका लागि भएको निर्वाचनमा तीन जना डाक्टर निर्वाचित हुँदा ६ जना डाक्टर भने पराजित भए । पराजित हुनेमा प्रा।डा। तिर्थराज खनियाँ, डा। सुरेशचन्द्र चालिसे, डा। टिएन योगी, डा।रामशरण थपलिया, डा। सुरेश मल्ल र डा। मुकेशराज काफ्ले रहेका छन् ।











































