संसद् बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले सूचनामा जनाएको छ । सचिवालयले आज बस्ने बैठकमा प्रस्तुत हुने चार ओटा कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो ।
उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ । यसअघि मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।











































