रोटरी क्लब अफ हेटौँडाले २७ वर्ष देखि निरन्तर आँखा शिबीर रोटरी सञ्चालन गर्दै

लोकखबर
२०७८ पुष ६, मंगलवार १३:२६

मकवानपुर । रोटरी क्लब अफ हेटौँडाले बिगत २७ वर्षदेखि निरन्त्र रुपमा आँखा शिबिर सञ्चालन गर्दै आएको छ ।

२०५१ सालदेखि हालसम्म हरेक वर्ष आँखा शिबिर सञ्चालन गर्दै आएको हो । हरेक वर्ष मकवानपुर र आसपासका जिल्लामा निःशुल्क आँखा शिबीरको कार्यसंगै अप्रेसन गर्ने, खान, बस्न, यातायात सबैको व्यवस्था गरेर शिबीर सञ्चालन गरिदै आएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्माले बताए। हरेक वर्ष यस रोटरीमा नयाँ कार्यसमिति चयन हुने गरेको र शेवाका भावले धेरै प्रकारका सहयोग गरिदै आएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए। बिना स्वार्थ डोनेसन बिना रोटरीयनहरु मिलेर हरेक वर्ष सेवाका भावले कार्यक्रमहरु गर्ने गरिएको मेयर महतको भनाई छ ।

यस रोटरी क्लबमा वर्षदेखि आवद्ध भएकाहरुले उत्तिकै क्रियाशिलता जनाउने गरेका छन् । २०५१ सालदेखि यस वर्षसम्ममा गरेर हजारौ जनाको आँखा जाँच गरिएको र सयौजनाको आँखा अप्रेसन गर्न समेत सहयोग गरिएको अध्यक्ष शर्माले बताएका छन् । हरेक वर्षको नियमित बार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको शीविर शनिवार सम्पन्न गरेर हेटौंडा सामुदायिक आँखा अस्पतालमा मोतिया विन्दुभएकाहरुको अप्रेसन गर्ने काम भइरहेको छ । यसपटक मकवानपुर र रौतहटका तीन स्थानमा भएको शिविरमा आठ सय ६९ जनाको परीक्षण भएको र, एकसय ५४ जना मोतिबुन्दुका बिरामीहरू शल्यकृयाका लागि हेर्टौंडा सामुदायिक आख अस्पतालमा ल्याइएको शिविर संयोजक अर्जुन सुवेदीले बताए । उनका अनुसार तीन दिनसम्म विरामीहरूको हेटौँडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने काम अनुसार धेरैको शल्यक्रिया समेत भइसकेको छ ।

बिरामीलाई शिविरस्थलदेखि अस्पताल ल्याउने, शल्यक्रिया गर्ने र घरसम्म पुर्याउने सबै ब्यवस्थापन रोटरी क्लबले गरेको सुबेदीले बताए। रौतहटमा गरिएको शिबीरमा रोटरीयन दुर्गाबहादुर बिष्ठको संयोजनमा भएको थियो । शिबीरका लागि अस्ट्रेलियाका डेवीट एक्सले आर्थिक र तास्मानियाका रोटरी क्लबहरूले संयोजन गर्दै आएको क्लबका पूर्व अध्यक्ष धिरज कार्कीले बताए। क्लबले रोट्याक्ट क्लब अफ हेटौँडा र हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा पौष २ गते, रौतहटको बृन्दावन १ र पौष ३ गते मकवनपुरको मकरी र, हाँडिखोलामा निःशुल्क आँखा शीविर गरेको थियो । जनपत्रबाट साभार

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको