बस र ट्रक एक आपसमा ठक्कर हुँदा एकको अवस्था गम्भीर,११ घाइते

लोकखबर
२०७८ पुष १०, शनिबार १९:०१

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएको छ भने ११ जना घाइते भएका छन् ।

शनिबार दिउँसो पौने तीन बजे भरतपुर–२९ मा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ९६७९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ५८६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये बसमा सवार १० जनाको पुरानो मेडिकल कलेजमा र ट्रक चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । क्रेनको प्रयोग गरी दुवै सवारी साधनलाई हटाएपछि अवरुद्ध सडक समेत सूचालु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको